Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको मनास्लु हिमाल आगामी सिजनमा आरोहणका लागि १ जनालाई अनुमति


3.9K
Shares

गोरखाको मनास्लु हिमाल आगामी सिजनमा आरोहणका लागि १ जनालाई अनुमति

काठमाण्डौं १, चैत । आगामी आरोहण सिजनका लागि दोस्रो अनुमति मनास्लु हिमाल (८१६३ मिटरं) का लागि जारी भएको छ । पर्यटन विभागका अनुसार मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएका छन् । माउटेन्ट किलरको रुपमा चिनिने गोरखाको मनास्लु हिमाल आरोहणका लागि अघिल्लो सिजनमा समेत सवै भन्दा धेरैले अनुमति लिएका थिए ।

यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल .७८६४ मिटर)का लागि भएको थियो । सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लिएका छन् । यी दुई आरोहण अनुमतिबाट सरकारले ४ लाख ९० हजार रोयल्टीसमेत संकलन भइसकेको छ ।

वसन्त ऋतुमा हिमाल आरोहणको प्रयोजनका लागि हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक भित्रन्छन् । कोरोना महामारीका कारण गत वर्ष भने आरोहणका सबै गतिविधि रद्ध भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology