जनकपुरधाम १, चैत । सिराहाको लाहानमा आइतबार भएको बम बिस्पोटमा परि ६ जना घाइते भएका छन । जिल्लाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजनाको चोट गहिरो छ। त्यस्तै, चारजना सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ।