Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पत्रकार सुशील शर्माको निधन


1.6K
Shares

पत्रकार सुशील शर्माको निधन

काठमाडौं २८, फागुन । पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ। बिबिसी नेपाली सेवाका पूर्वशुक्रबार २ः१५ बजे पत्रकार शर्माको राजधानीको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो। केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उहाँको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ। स्वर्गिय पत्रकार शर्माको श्रीमती र एक छोरा हुनुहुन्छ । पत्रकार शर्माले बीबीसी नेपाली सेवा, कम्पास फिचर न्युज फिचर्स, स्पटलाइट म्यागजिन, द काठमाडौं पोस्ट र द राइजिङ नेपाल मा काम गर्नुभएको थियो।

सन् १९८४ देखि २०११ मा उहाँ सक्रिय पत्रकारितामा हुनुहुन्थ्यो । पछिल्लो समय बीबीसी नेपाली सेवा छोडेर स्वतन्त्र अध्ययन, अनुसन्धानमा सक्रिय थिए। मिसन पोसिबल नेपाल भन्ने संस्थामा उहाँको आबद्धता थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology