Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाण्डौंमा अनौठो घटना : जीप चलाउदा चलाउदै चालक बेहोस भएपछि….


3.2K
Shares

काठमाण्डौंमा अनौठो घटना : जीप चलाउदा चलाउदै चालक बेहोस भएपछि….

काठमाण्डौ २३, फागुन । काठमाण्डौमा आइतबार राती अनौठो घटना भएको छ । काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जीप चलाइरहेका बेला ड्राइभर बेहोस भएपछि दुर्घटना भएको छ।

प्रहरीका अनुसार बा १८ च ५८७१ नम्बरको स्कर्पियोले राति १० बजेतिर रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ।सडक खाली भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।

बेहोस रहेका चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ। पाल्पाबाट काठमाण्डौ आएको उक्त जीपमा दुई जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology