Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाकी २२ बर्षिय युवतीलाई बलात्कार गरि भागेर कालिकोट पुगेका युवक पक्राउ


3.3K
Shares

गोरखाकी २२ बर्षिय युवतीलाई बलात्कार गरि भागेर कालिकोट पुगेका युवक पक्राउ

गोरखा २३, फागुन । गोरखा सदरमुकाममा एक महिललाई बलात्कार गरेको आरोप लागेका १ जना पुरुषलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका ६ सातधुरे बस्ने बर्ष ३० को राम भन्ने सोमबहादुर बाचेलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले बताउनुभयो । ।

‘सदरमुकामकै एक होटलमा लगी २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी कार्यालयमा परेको र उनलाई खोजतलास गर्ने क्रममा कालिकोटमा फेला पारी अडसार गरी गोरखा ल्याई मुद्वा दर्ता गराईएको’ प्रनाउ दाहालले बताउनुभयो । कार्यालयले दिएको जानकारी अनुसार सदरमुकामको धावा बोर्लाङ्गकोटकाली होटल एण्ड लजमा नाम परिवर्तन गरिएकी ‘थ’ कुमारीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै पिडितले प्रहरी कार्यालयमा माघ ११ गते उजुरी दिएका थिए ।

कार्यालयले पिडकलाई खोजी गर्ने क्रममा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका २ जिते बजारमाबाट नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । फागुन १६ गते नियन्त्रणमा लिएको उनलाई २० गते गोरखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology