Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट नगद चोरी गरि फरार भएका दुई युवक पक्राउ


2.7K
Shares

गोरखाबाट नगद चोरी गरि फरार भएका दुई युवक पक्राउ

गोरखा २३, फागुन । गोरखाको रानीटार क्षेत्रबाट २ लाख भन्दा बढी नगद चोरी गरेर फरार रहेका २ जना युवालाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।  गोरखा नगरपालिका १२ को रानीटार स्थित धनबहादुर लामाको पसलबाट २ लाख १५ हजार चोरीगरी फरार रहेका आशिष बिक र रबिन भनिने बिनोद कार्कीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

सिन्धुली कमलामाई नगरपालिका ९ बस्ने १९ बर्षका आशिष बिक र सोही स्थानमा बस्ने बर्ष १८ का रबिन भनिने बिनोद कार्कीलाई प्रहरीले चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेको बिक र कार्कीबाट नगद भने बरामद हुन नसकेको कार्यालयले जनाएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा दुवैले उत्त रकम राजधानीमा बसेर विभिन्न सामाग्री खरिद गरेर सकाएको खुल्न आएको छ । माघ २४ गते साँझ ६ः०० बजे दुवैले पसलमा रहेको ब्याग लिएर भाग्न सफल भएका थिए । चोरी भएको ब्यत्ति पहिचान भए पछि पिडित लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दिएका थिए ।

चोरी लगत्तै फरार रहेका उनीहरुलाई सिन्धुली प्रहरीको सहयोगमा फागुन १८ गते नियन्त्रणमा लिएको र २० गते गोरखा जिल्ला अदालतबाट चोरी सम्वन्धी कसुर शिर्षक मुद्वा दर्ता गरी अनुसन्धानकालागी म्याद थप भई अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।
दुवै जना युवाले रानीटार क्षेत्रमा रहेको इट्टाभट्टामा काम गर्दै आएको खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology