दार्चुला २२, फागुन । दार्चुलाको लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा शनिबार साँझ भएको जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटना परि अन्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्तको मृत्यु भएको छ । त्यस्तै १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् ।
जीप सडकाबाट झण्डै एक सय मिटर तल खसेको थियो । घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ