Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन–७, बुङकोटमा भएको निशुल्क दन्त शिविरमा १०४ जनाको उपचार


3.4K
Shares

शहिद लखन–७, बुङकोटमा भएको निशुल्क दन्त शिविरमा १०४ जनाको उपचार

गोरखा २२, फागुन । गोरखाको शहिद लखन गाउँपालिकामा निशुल्क दन्त शिविरमा भएको १०४ जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ आँवुखैरेनी सिटीको आयोजना र ओम विराज डेन्टल सेन्टर गोरखाको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयमा पहलमा भएको शिविरमा ८३ जना महिला र २१ पुरुषले दाँतको निशुल्क उपचार लिएका हुन् । दन्त शिविरको गाउँपालिका उद्घाटन गर्नुभएको हो । शिविरको उद्घाटन कार्यक्रममा बोल्नुहुदै गाउँपालिका अध्यक्ष थापाले यस्ता खालका शिविरले नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवाको सुबिधा प्राप्त गर्ने बताउनुभयो ।

उहाँले सवैले समाजिक सेवाको भावनाका काम गर्दा समाज र समाजमा भएका नागरिकहरुको हित हुने बताउनुभयो । शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर८ का वडा अध्यक्ष काशीनाथ अँगाइ, लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लगायतले सम्बोधन शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु, डा.ओसिन थापा,ओम बिराट डेण्टल केयर गोरखा सन्जय अधिकरी लगाएत ५ जना प्राबिधिक टिम,लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ द्यज्ञ का क्षेत्रिय सभापति सुरेन्द्र कुमार श्रेष्ठ, राजनितीदलका प्रतिनिधि, बुङकोट स्वाथ्य चौकीका स्वाथ्यक्रर्मी, लायन्स क्लबका पदाधिकारी एवम सदस्य, स्थानीय समाजसेवि,बुद्धिजीविहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology