Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सामुदायिक बिधालय बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी रत्नराज्य मा.बिलाई


5.1K
Shares

सामुदायिक बिधालय बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी रत्नराज्य मा.बिलाई

गोरखा २२, फागुन ।  गोरखा नगरपालिका भित्रका सामुदायिक बिधालय बिच भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी श्री रत्नराज्य माध्यामिक बिधालयले जितेको छ । शनिबार सम्पन्न भएको मैत्रीपूर्ण खेलको फाइनलमा महेन्द्र माध्यामिक बिधालय कुन्दुरलाई पराजित गर्दै रत्नराज्य मावि प्रथम हुन सफल भएको हो ।

प्रतियोगिताको फाइनलमा पराजित भएको महेन्द्र माविले भने दोस्रो स्थानमा चित्त बुझाउ बाध्य भएको छ । एमएम आरटीको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थान श्री सरस्वती माध्यामिक बिधालय आहालेले हात पारेको छ । रत्नराज्य माध्यामिक बिधालयको प्राङगढमा भएको प्रतियोगितामा महालक्ष्मी माध्यामिका बिधालय लक्ष्मीबजारले सान्तव्ना स्थान हात पारेको छ ।

प्रतियोगितका बिजयी टिमलाई एमएमआर टीका संयोजक अनिल अम्गाईको अध्यक्षतामा भएको समापन कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology