गोरखा २२, फागुन । गोरखा आबुँखैरेनी सडकखण्ड अन्तरगत पर्ने दलभञ्ज्याङ क्षेत्रमा आज मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जना गम्भीर घाईते भएको छन् ।
गोरखा नगरपालिका ९ को दलभञ्ज्याङ क्षेत्रमा बिहान ९:०० बजे भएको दुर्घटनामा परी गोरखा नगरपालिका ८ का सुरेन्द्र जोशी घाईते हुनुभएको हो जोशीको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी चितवन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा बजारबाट लक्ष्मी बजार तर्फजादै गरेको प्रदेश नम्बर ३–०२–०१३ प ३६१६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको ना. ३३ प ८६६८ नम्बर मोटर साईकल एक आपसमा ठक्कर खाएको हो । घाईते जोशीको बायाँ हात बायाँ खुट्टा भाँचिएको गोरखा अस्पतालले जनाएको छ ।
अर्का मोटर साईकल चालक शहिद लखन ६ घैरुङका मनुराज थापा मगर पनि सामान्य घाईते भएका छन् । दुर्घटनापछि मगर र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।