गोरखा २१ फागुन । तनहुँमा आज भएको सवारी दुर्घटनामा गोरखाका २६ बर्षिय युवक गम्भीर घाइते भएका छन् । जिल्लाको तनहुँ म्याग्दे गाउँपालिका–३ धयरे स्थित तिलचोकको भित्र सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा परि सहचालक गोरखाका भीमबहादुर थापा गम्भीर घाइते हुनु भएको हो ।
ग १ त ५१२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भइ दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा ट्याक्टरका चालक तनहुँ म्याग्दे गाउँपालिका–३ धयरे घर भएका अन्दाजी २७ बर्षका गणेश रुचाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैको पोखरामा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो