काठमाण्डौ १९, फागुन । जीपको ठक्करबाट ललितपुरको नख्खुमा आज बिहान भएका युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहाल रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब साढे ५ बजेको समयमा स १ ज ५६७ नम्बरको जीपले सडक पार गर्दै गर्दा दाहाललाई ठक्कर दिएको प्रहरीको भनाई छ । गम्भीर घाइते भएकी दाहालको ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक दाहाल काटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । घटनाको थप अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।