तेह्रथुम १८, फागुन । ईलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले चोरीमा संलग्न रहेका चारजना युवालाई पक्राउ गरी सार्वजनीक गरेको छ । बसन्तपुर बजारमा रहेको एक पसलमा गत माघ २० गते राती चोरी गरी फरार रहेका चारै जनालाई पक्राउ गरी प्रहरीले सार्वजनीक गरेको हो ।
चोरी गरी फरार रहेका २० वर्षका थमन राई, १८ वर्षका संदिप लिम्बु, १९ वर्षका रुपेश राई र २१ वर्षका सुरज लिम्बुलाई संखुवासभाको पाँचखपन नगरपालिका ९ मालबा“सेबाट पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो । उनीहरुले पसलबाट मोबाईल, रिचार्ज कार्ड, नगद र अन्य समान गरी २ लाख ५ हजार रुपैयाँ बराबरको समान चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरीका केही समान बरामद भएको र केही समानको खोजतलास भैरहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई १५ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।