गोरखा १५, फागुन । गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि आफ्नो २८ औ स्थापना दिवसको पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले स्थापना दिवस पारेर आज मानव सेवा आश्रमलाई खाद्यान सहयोग गरेको छ । त्यस्तै आजै स्थापना दिवसको अबसरमा संस्थामा आबद्ध जेष्ठ सदस्य नारायण भक्त आर्याल, जेष्ठ सदस्य गोबद्र्दन आचार्य ,जेष्ट सदस्य जनाकी देवी आचार्य , असल बचत कर्ता इन्द्र बहादुर बस्नेत, असल ऋण राम बहादुर रायमाझी ,असल ऋण विष्णु हरि महरहटा , असल ऋण मुना मग्राती लाई दोसल्ला ओडाएर सम्मान गरेको जनाएको छ ।
त्यसैगरि शेयर सदस्यहरुका कक्षा १ देखि १२ सम्म सामुदायिक र निजी विद्यालयका अध्यन गर्ने छोरा ÷छोरीले प्राप्त गरेको अंकको आधारमा सर्बाेत्कृष्ठ अंकको प्राप्त गर्ने छात्र छात्राहरुलाई नगद पुरस्कार सहित सहित सम्मान गरेको जनाइएको छ । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजराज पन्तको सहकारी क्षेत्रको बिकासले आर्थिक सम्बृद्धिको क्षेत्रमा टेवा पुर्याउने बताउनुभयो ।
मेयर पन्तले सहकारी नेपाल अर्थतन्त्रको एउटा खम्बाको रुपमा स्थापित भईसकेको भन्दै त्यसलाई सहि ढंगबाट व्यवस्थापन गर्नुपर्ने आबश्यकता औल्याउनुभयो । कार्यक्रममा जिल्ला सहकारी सदस्य सुजन कँवर , गोरखा नगरपालिका ८ वडा अध्यक्ष कृष्ण खत्री , निर्वतमान अध्यक्ष दिलिप देवकोटा , गोवद्र्धन आचार्य , संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठ आदीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको थियो । उक्त सहकारीले हिजो पनि सरसफाइ कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुका लागि सहकारी शिक्षा एबं अपाङ्गता हकअधिकार सम्बन्धी लगायतका कार्यक्रम सम्पन्न गरेको थियो ।