गोरखा, १५ फागुन । गोरखामा रुखबाट लडेर शनिबार एक युवकको ज्यान गएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीयबासी २३ वर्षीया युवा शुकबहादुर गुरुङको रहेको प्रहरीको भनाई छ । घर नजिकै बनमा गाईबस्तुका लागि भनेर घाँस काट्न गएका गुरुगुरुङको घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यू भएको स्थानीयले बताएका छन् ।