तनहुँ १४, फागुन । तनहुँको बन्दिपुर गाउँपालिका स्थित डुम्रेमा जिल्ला प्रहरी कार्यलय तनहुँको आयोजनामा शुक्रबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले प्रहरीले अपराधीलाई कारवाही गर्ने तर्फ भन्दा अपराध हुनै नदिने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएको छन् । नागरिक सुनुवाई कार्यक्रमा हरिहर महिला समहुकी अध्यक्ष सरिता पियाले प्रहरीले घटना घटेपछि अपराधिलाई कार्वाही गरेको भएपनि घटना घट्नै नदिनको लागि पर्याप्त भूमिका खेल्न नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागी बैँस गुरुङको पर्यटन तथा होटल व्यावसायीलाई सुरक्षित महसुस गराउन प्रहरीले योजना बनाएको छ कि छैन भनेर जिज्ञासा राख्नुभयो । कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जबाफ दिनुहुदै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले नागरिकहरु जनधनको सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक अरुण पौडेलले नागरिकको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यलय सधै तत्पर रहेको बताउनुभयो ।
उहाँले जिल्लामा लागू औषध कारोबार न्यूनीकरण ,दुर्घटना न्यूनीकरणको लागि लगायतका सवालमा प्रहरीले चनाखो भएर काम गरिरहेको भन्दै आगामी दिन नागरिकहरुको गुनासोलाई थप सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा हुने कानुन बिपरितका सवै खालका कार्यलाई निरुत्साहित गर्न प्रहरी लागि परेको भन्द्र पौडेलले जिल्लामा पछिल्लो समयमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ९४ सवारी सधनलाई नियन्त्रणमा लिइ ११ लाख जरिवाना तिराएको, लागू औषधका २१ मुद्दामा ४१ जना कारोबारीलाई पक्राउ गरि २० किलो लागू औषध बरामद गरेको जानकारी दिनुभयो ।
सो अबसरमा प्रहरी चौकी निर्माण गर्नको लागि जग्गा दान गर्नुहुने जग्गादाता ध्रुव लाल श्रेष्ठ पिया र उहाँकी श्रीमती बिष्णु पियालाई सम्मान गरिएको थियो । तस्विर सौजन्य : सन्तबहादुर नेपाली