Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लियो क्लबको आयोजनामा गोरखामा सुस्त गतिमा मोटरसाईकल चलाउने प्रतियोगिता


2.5K
Shares

लियो क्लबको आयोजनामा गोरखामा सुस्त गतिमा मोटरसाईकल चलाउने प्रतियोगिता

गोरखा १३, फागुन । लियो क्लब अफ गोरखाले बुधबार आयोजना गरेको सुस्त गतिमा मोटरसाईकल चलाउने प्रतियोगिताको उपाधी आशिष भट्टले जित्नु भएको छ । देशभर पछिल्लो समय देशभर तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्न्यूनिकरणका जनचेतना फैलाउने उद्देस्यले आयोजना गरिएको प्रतियोगितामा भट्टले प्रतिस्पर्धीहरु मध्ये १ सय मिटरको दुरी पार गर्न सवै भन्दा लामो समय लगाएर प्रथम हुन सफल हुनुभएको हो । प्रतियोगितामा राजु खान दोस्रो र विकल बस्नेत तेस्रो हुनुभएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल ५६ जना सहभागीता रहेको थियो । जिल्ला ट्राफिक कार्यलय गोरखाको समन्वयमा भएको उक्त प्रतियोगिताले सुस्त गतिमा सवारी चलाउन सके दुर्घटनाबाट जोगिन सकिने सन्देष दिएको गोरखाका ट्रापिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । उहाँले दुर्घटना रोकथाम र न्युनीकरणका लागि क्लबले गरेको कार्यक्रम नयाँ र फरक खालको रहेको भन्दै यसबाट दुर्घटना रोक्न सवैले मनन गर्नुपर्नेमा जोडदिनुभयो ।

क्लबले प्रतियोगितामा सहभागीबाट संकलन गरिएको प्रवेश शुल्कबाट उठेको रकम गोरखा जिल्लाका श्रवण क्षमता कमजोर भएका विद्यार्थीहरुका लागि श्रवण मेसिन खरिद गर्न खर्च गरिने जनाएको छ । गोरखा सदरमुकामको बसपार्कमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकाल, क्लबकी अध्यक्ष गंगा श्रेष्ठ, क्लवका सल्लाहाकार श्याम बाबु जोशि, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology