गोरखा ९ , फागुन । लियो क्लब अफ गोरखाले क्लबको ३२ औं स्थापना दिवस दिनको अवसर पारेर हस्तलिखित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । हस्तलिखित प्रतियोगितामा नगरपालिका भित्रका १८ वटा विद्यालयहरुको सहभागिता रहेको क्लबका सचिव लियो अनुका आले मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा श्री बालमन्दिर मा.वि. छ्हरेकी छात्रा निसा गुरुङ्गले प्रथम स्तान हासिल गर्न सफल भएको सचिव आले मगरले जानकारी दिनु भयो । श्री महालक्ष्मी मा. वि.लक्ष्मीबजारकी विधार्थी छात्रा आसिका उपरकोटीले द्धितीय स्थान र सरस्वती मा.वि आहालेकी विधार्थी छात्रा ममिना कँडेलले तेस्रो स्थान हासिल गर्न सफल भएको उहाँले बताउनुभयो ।
प्रथम,द्धितीय र तितृय स्थान हासिल गर्न सफल भएका विधार्थीहरुलाई क्रमश नगद तिन हजार, दुई हजार, एक हजार सहित प्रमाण–पत्र प्रदान गरिएको आयोजक क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष लियो गँगा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हस्तलिखित प्रतियोगिता कार्यक्रममा लायन्स क्लब अफ गोरखाको संस्थापक सदस्य लायन धिरज बाबू मास्केको प्रमुख आतिथ्यमा र लायन्स निर्णायक, प्रतियोगितामा सहभागि बिद्यालयहरुका शिक्षक विधार्थीको सहभागिता रहेको थियो । कार्यक्रम क्लब भवन बिसौनीमोड शक्ति चोकमा गरिएको हो ।