Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वीराजमार्गको तनहुँमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु


1.4K
Shares

पृथ्वीराजमार्गको तनहुँमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

गोरखा ९, फागुन । पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा स्कुटर र मोटरसाईकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

पाटनबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ६२५ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १९ प ३७०६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर वर्ष २२ को सन्देश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक १७ अमृत श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको गण्डकी अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology