Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा रोकी राखेको बस एक्कासी गुडेर दुर्घटनाग्रस्त : ७ जना घाईते (भिडियो सहित)


3.6K
Shares

गोरखामा रोकी राखेको बस एक्कासी गुडेर दुर्घटनाग्रस्त : ७ जना घाईते (भिडियो सहित)

गोरखा ९, फागुन । गोरखा आँबुखैरेनी सडकखण्डमा रोकी राखेको यात्रुबहाक बस एक्कासी गुडेर दुर्घटनामा परेको छ । बाह्रकिलो बजारमा आइतबार दिउसो भएको यात्रुबाहक बस दुर्घटनामा परी ७ जना घाईते भएका छन् । घाईते मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् भने १ जना बालकको थप उपचारकालागि भरतपुर लगिएको छ ।

गोरखा नगरपालिका ११ को बाह्रकिलो बजारमा चालकको लापरर्वाहीका कारण भएको दुर्घटनामा परी गोरखा नगरपालिका २ का ६ बर्षिय बालक आर्मन खानलाई गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारकोलागि चितवन मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । बालकको दायाँ हात भाचिएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना.१ ख ४१०४ नम्बरको बस रोकेर चालक बाहिर निस्किएको बेला एक्कासी बस गुडेको थियो । बस सडकसंगै रहेको जंगलमा खसेको थियो । बस गुडेपछि केही यात्रु हाम फालेको र बसको अग्रभागले मोटर साईकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology