Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छोरा अपहरणको आरोपमा बाबु पक्राउ


2.3K
Shares

छोरा अपहरणको आरोपमा बाबु पक्राउ

धनुषा ९, फागुन । धनुषाको नगराइन नगरपालिका–६ गंगुलीका एक व्यक्तिलाई छोराको अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासी रमेश साहलाई आफ्नो ६ वर्षीय छोरा चन्दनको अपहरण गरी १ करोड फिरौती माग गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार दिउँसो घर अगाडीबाट बालाकको अपहरणग गरि उनले बालकका हजुरबुवासँग फिरौती मागेको प्रहरीको भनाई छ । अपहरणमा बालकका मामाको पनि संलग्न रहेको खुलेको प्रहरीले दावी गरेको छ । अपहरणको करिब ३ घण्टापछि प्रहरीले अपहरित बालकको जनकपुरबाट उद्धार गरी संलग्नहरुलाई मध्यराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

धनुषाको नगराइनमा आफ्नै छोरलाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबु पक्राउ परेका छन् । नगराइन नगरपालिका–६ गंगुलीका प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरी टोलीले अपहरित बालकलाई शनिबार साँझ सकुशल उद्धार गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology