Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ज्यान मुद्दामा थुनामा रहेका गोरखाका एक कैदी बन्दीलाई आममाफी


2.7K
Shares

ज्यान मुद्दामा थुनामा रहेका गोरखाका एक कैदी बन्दीलाई आममाफी

गोरखा ७, फागुन । जिल्ला कारागार गोरखाको थुनामा रहेका एक कैदीबन्दीलाई सरकारले ९ बर्ष ९ महिना २२ दिने कैद सजाय माफी दिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आममाफी दिनुभएको हो ।

जिल्लाको आरुपोखरी घर भएका ३५ बर्षका गोपाल बरामलाई दिवसको अबसरमा कैद सजाय छुट दिएको कारागार व्यवस्थापन बिभागले जनाएको छ । उनि कतव्र्य ज्यान मुद्दामा बि.स २०६७ साल मंसिरदेखि कारागार कैद सजाय भोग्दै आएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले देशभरका गरि कुल ४ सय १ जना कैदीलाई आममाफी दिएर बाँकी कैद मिनाहा गरिदिएकी हुन् ।

नेपालको संबिधान अनुसार कम्तिमा ५० प्रतिसत कैद सजाय भुक्तानी गरिसकेका, असल चालचलन भएका कैदीबन्दीलाई सरकारले प्रजातन्त्र दिवसको अबसरमा आममाफी दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology