Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हत्याका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो


3.1K
Shares

हत्याका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो

बैतडी ६, फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७ वर्षका किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट प्रहरीले भागरथीको घडी फेला परेको छ । प्रहरीका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही तल फालेको बयान दिएका थिए ।

उनको बायनको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ । स्थानीयको रोहबरमा सो घडी बरामद गरिएको थियो । प्रहरीले भागरथीको हत्या गरेको आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ ।

भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले प्रहरीसमक्ष स्वीकार गरेका छन् । यद्यपी परिवारका सदस्यहरुले दोषीलाई पक्राउ नगरिएको भन्दै शब बुझ्न मानेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology