Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

जीप दुर्घटनामा ३ जनाको मृत्यु, अन्य ६ घाइते


3.4K
Shares

जीप दुर्घटनामा ३ जनाको मृत्यु, अन्य ६ घाइते

गुल्मी ६, फागुन । गुल्मीमा गएराती भएको जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तम्घासबाट रेसुंगा नगरपालिका–१४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप पराल्सीमा दुर्घटना परेको हो।

दुर्घटनामा परि मृत्इु हुनेहरुमा रेसुंगा नगरपालिका–१४ का ४८ वर्षीय एकबहादुर पोख्रेल, ४७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ता नेपालीको मृत्यु रहेका छन् ।

मृतकमध्ये एकबहादुरको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा परि घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। जिप चिप्लिएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology