गोरखा ५, फागुन । गोरखा घर भएका एक युवकको पोखरामा लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ को कार्यालय भवनबाट लडेर ३२ वर्षीय ठगबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक आले नेपाल प्रहरीमा कार्यरत हुुनुहुन्थ्यो । प्रहरी जवान आलेको मंगलबार बिहान पोखरा १८ को भवनको तेस्रो तलाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।