काठमाडौं ५, फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
स्थानीय सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई भागरथी हत्याको आरोपमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका भट्ट र भागीरथी एउटै बिधालयमा पढ्दै आएका थिए । दिनेश सोही बिधालयमा कक्षा ११ मा पढ्ने पढ्दै आएका थिए ।
१५ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो । पक्राउ परेका भट्टलाई बुधबार ११ बजे प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।