इलाम ४, फागुन । इलामको सूर्योदय नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर ५ शिकारी टोलका २३ वर्षीय दिनेश तामाङले १९ वर्षीया गीता तामाङलाई दाउराको चिरपटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गएराती दाउराको चिरपटले हान्दा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि फिक्कल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । कुटपिट गरी हत्या गर्ने आरोपित तामाङ भने फरार भएकाले खोजीकार्य तीव्र बनाएको प्रहरीको भनाइ छ । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।