काठमाडौँ ३, फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्वल) समुहमा महासचिव नेत्रबिक्रम चन्द विप्लव माथि शिक्षकको हत्या आरोपमा अदालतमा मुद्दा दर्ता भएको छ ।
सोमवार मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा विप्लवसहित ४२ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । अदालतमा ४१ जना फरार सूचीमा मुद्दा दर्ता भएको र एक जनालाई प्रहरीले पक्राउ गरिसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।।
गत मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले हत्या गरेको थियो।