Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धादिङको चरौँदीमा सवारी दुर्घटना, २ जनाको मृत्यु


1.6K
Shares

धादिङको चरौँदीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धादिङ १, फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस र सडकमा रोकिरहेको ना ६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरूमा नवलपरासी देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहनु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि चितवन पठाइएको, दुईजनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology