काठमाडौं ३०, माघ । नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना हुनुभएको छ ।
खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याले खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत जानु भएको थियो ।
भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले खनाल एपोलो अस्पताल भर्ना भएको जानकारी सामाजिक संजाल मार्फत दिनुभएको छ ।