Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बाल संगठनको नयाँ कार्यसमिति चयन


1.5K
Shares

गोरखामा बाल संगठनको नयाँ कार्यसमिति चयन

गोरखा ३०, माघ । नेपाल बाल संगठन गोरखाको सभापतिमा मोहन भट्टराई चयन हुनुभएको छ । सदरमुकाममा शुक्रबार भएको अधिबेशनले भट्टराईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको हो ।

नवगठित समितिको नयाँ उपसभापतिमा प्रविन श्रेष्ठ, सचिवमा पार्वती पाठक, कोषाध्यक्षमा प्रताप ढकाल चयन भएका हुनुभएको छ । त्यसतै सदस्यहरुमा विशाल लामिछाने, प्रमिला खड्का, मदन गुरुङ, राजकुमार थापा मगर मनोनित सदस्यहरुमा शिव बहादुर थापा, बिमला चेपाङ चयन भएका छन् ।

कार्यक्रममा, प्रमुख अतिथि भूूमी सुधार आयोग गोरखाका सदस्य कमल दानी, कानुन ब्यवसायी रमेश अधिकारी, सार्वजनिक बन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने, बाल ज्योती आधारभुत बिद्यालयका प्रअ बिष्णुहरी ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology