गोरखा ३०, माघ । संम्भव नेपाल नामक संस्थाले गोरखा जिल्ला भित्र अध्ययनरत करिब ११ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्रयाक बितरण अभियानको थालनी गरेका छन् । खत्रीले अभियान अन्तरर्गत चुमनुब्रीको सिर्दीबासमा रहेको बुद्व आवासिय माविबाट अभियानको शुरुवात गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो । अभियानको नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले वुद्ध आवासिय माविका बिद्यार्थीहरुलाई ट्रयाकसुट, टोपी, स्कलु ब्याग र होमवर्क डायरी बितरण गरे अभियानको थालनी गर्नुभएको हो ।
सामाग्री वितरण गर्दै प्रमुख अतिथी सिंहले संम्भव नेपालले बिद्यार्थीहरुलाई उपब्ध गराएको सामाग्रीको प्रसंशा गर्दै यसले बिद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने बिश्वास गर्नुभयो । प्रमुख अतिथी सिंहले बिद्यालय तहमा राम्रो शिक्षा दिन सकिएको खण्डमा सबै बिद्यार्थीहरुको भविष्य उज्वल हुने समेत बताउनुभयो । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका गोरखाका सभापति हरिबहादुर घलेले शिक्षाको बिकास बिना उत्तरी गोरखाको बिकास सम्भव नभएको भन्दै शैक्षिक क्षेत्रमा गरिएको सहयोगले स्थानीयलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अनुसार बिधार्थीहरुलाई होमवर्क डायरीले विद्यार्थी, शिक्षक, र अविभाबकलाई पनि उत्तरदायि बनाउने भएको हुँदा बालवालिकाको शिक्षामा सहयोग पुग्ने जनाएको छ ।
निजी विद्यालयमा भएको अभ्यास सरकारी विद्यालयकामा पनि सिकाइ हुने हो भने सरकारी स्कुलको गुणस्तरमा बृद्वि हुनुकासाथै अविभाबक र शिक्षकलाई थप जिम्मेवारी बनाउन यस्ता कार्यक्रमले मद्वत पुग्ने संस्थाले बिश्वास व्यक्त गरेको छ । बितरण गर्न बाँकी रहेका शैक्षिक सामग्री भने गाउँपालिका अध्यक्ष गुरुङलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा गाउँपालिका उपप्रमुख कुमारी गुरुङ, वुद्ध माविका प्रअ प्रकाश घिमिरे, स्थानिय, समाजसेवी, बुद्विजीवी तथा शिक्षक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यो अभियान अन्र्तगत चुमनुब्रीका २० वटा विद्यालयका १ हजार ४१२ जना, धार्चे गाउँपालिकाको २५ वटा विद्यालयका ४ हजार २० जना, भिमसेन थापा गाउँपालिकाको ४३ वटा विद्यालयका ५ हजार ३०० जना बिद्यार्थीहरु लाभान्वित हुने भएका छन् । कुल ८८ वटा विद्यालयका १० हजार ७३२ जना विद्यार्थीलाई संम्भव नेपालले उत्त सामाग्री उपलब्ध गराउने छन् । संम्भव नेपालका खत्रीले यस अघि पनि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा गाउँपालिकामा भित्र रहेको १९० वटा बिद्यालयहरुलाई १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार ५९२ थान हात धुने साबुन स्थानीय तह संगको सहकार्यमा बितरण गरी सकेका छन् ।