Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रेमा सवारी दुर्घटनामा : दुईजनाको जलेर मृत्यु


1.4K
Shares

पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रेमा सवारी दुर्घटनामा : दुईजनाको जलेर मृत्यु

धादिङ २९ ,माघ । पृथ्वीराजमार्ग अन्र्तग धादिङको थाक्रे गाउँपालिकामा बस र मोटसाईकल ठोक्एिर भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । दुर्घटना लगत्तै भएको आगलागीमा परि मोटरसाइकलमा सवार दुवै जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भए लगत्तै एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएको २ जना मध्ये एक जना डा. सुरेस अधिकारी भएको खुलेपनि उहाँको अन्य बिबरण खुल्न सकेको छैन भने अर्का मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाई छ । थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology