Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेतृ झाँक्री पक्राउपछि अब के हुनसक्छ ? के छ दफा ५८ मा हेर्नुहोस्


2K
Shares

नेतृ झाँक्री पक्राउपछि अब के हुनसक्छ ? के छ दफा ५८ मा हेर्नुहोस्

काठमाण्डौ २९, माघ । प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ गरेको छ । दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नपाइने व्यवस्था छ । मुलुकी अपराध संहिता मा यो दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ ।

दफामा भनिएको छ –‘(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि ‘संसद’ भन्नाले नेपालको संविधान बमोजिमको संघीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ । झाँक्रीलाई दोषी ठहर भएको अवस्थामा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology