Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा राष्ट्रपतिमाथि गरेको टिप्पणीमा अनुसन्धान गर्न नेता रामकुमारी झाँक्री पक्राउ


3K
Shares

गोरखामा राष्ट्रपतिमाथि गरेको टिप्पणीमा अनुसन्धान गर्न नेता रामकुमारी झाँक्री पक्राउ

काठमाण्डौं २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रहरीले घरबाट नै पक्राउ गरेको छ । पक्राउ पुर्जी सहित झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्ति राज्यविरोधी भएको भन्दै प्रहरीले केहिबेर अघि झाँक्रीको निवास पुगेर प्रक्राउ पुर्जी थमाएको थियो ।

त्यसलगत्तै उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । झाँक्रीको घरमा प्रहरी पुगेको थाहा पाएलगत्तै उहाँका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । केही समय अघि गोरखामा आयोजित बिरोधसभामा राष्ट्रपति माथि गरेको टिप्पणीमा अनुसन्धान गर्न नेता झाँक्रीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology