रामेछाप २७, माघ । तामाङ जातिहरुको विशेष चाड सोनाम ल्होछार पर्व मनाउनका लागि रामेछापका ३ वटा स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । रामेछापको सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिकाले विदा दिएका हुन् । सुनापती गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णंय गरेको छ ।
तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते सोनाम ल्होछार मनाउनका लागि भन्दै गाउँपालिकाले माघ २९ देखि फागुन १ गतेसम्मका लागि सार्वजनिक बिदा दिएको हो । यसैगरी रामेछापकै खाँडादेवी र दोरम्बा गाउँपालिकाले पनि सोनाम ल्होछार पर्व मनाउनका लागि २ दिन विदा दिने निर्णय गरेको छ ।
आउँदो माघ ३० गते र फागुन १ गते विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो ।