Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घरमा आगलागीमा परेर एक जनाको मृत्यु


1.2K
Shares

घरमा आगलागीमा परेर एक जनाको मृत्यु

रामेछाप २७, माघ । रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको हो ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारका अनुसार दुई ओटा घरमा आगलागी हुँदा मानविय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगद सहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने अध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology