रौतहट २६,माघ । रौटहट प्रहरीले २१ लाख ९० हजार रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ४ बसपार्क नजिकैबाट स्रोत नखुलेको रकम सहित परोहा नगरपालिका १ जिंगडवा बेलपविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
नम्बर नभएको रातो रंगको स्कुटर आइरहेका रौतहट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका युवक माथि थप अनुसन्धान गर्न लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको प्रहरीले जनाएको छ ।