Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र


2.5K
Shares

सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

गोरखा २६, माघ । नेपाल बिद्यार्थी संघ गोरखाले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाएको छ । संघले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको ज्ञापन पत्रमा सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागि परेको आरोप लगाएको हो । संघका जिल्ला अध्यक्ष सुवास अधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलार्इ एक ज्ञापन पत्र दिदै बलात्कारी र हत्यारालाई कडा सजाय दिनुको साटो सरकार त्यस्ताको संरक्षणमा लागेको भन्दै वर्तमान सरकार जनतालाई सुरक्षा दिने दायित्वबाट पन्छिएको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईलाइ बुझाएको ज्ञापन पत्रमा ‘किशोरीहरुको बलात्कार गरी हत्या गरिदा उक्त घटनाका अपराधीहरुलाई कडा कारवाही गर्नुको सट्टा उल्टै सरकार बलात्कारी र हत्याराको संरक्षण गर्न लागि परेको हुनाले हाम्रो समाजमा यस्तो अमानविय र क्रुर घटनाले प्रसय पाउदै गएको हाम्रो ठहर छ’ भन्दै ‘प्रायः जनविरोधी कार्य गर्न उद्यत रहेको वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिनु आफ्नो पहिलो दायित्व हो भन्ने कुरा नभुलोस भनेर खबरदारी गर्न चाहन्र्छौ’ समेत भनिएको छ ।

‘मानवतालाई नै कलंङ्कित पार्ने यस्ता प्रकृतिका घटनाहरुको घोर निन्दा र भत्सना गर्दै बतात्कार जस्ता क्रुर र जघन्य अपराधमा संलग्नहरुलाई तत्काल हदै सम्मको कारवाही गर्न सरकार संग जोडदार माग गर्दर्छौ’ संघले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।संघले गोरखा सदरमुकामको एक बिद्यालयमा ४ बर्षिया बालिकालाई १३ बर्षका बालकले गरेको जबस्जस्ती करणीको सन्दर्भ निकाल्दै घटनाले आफुहरुलाई स्तब्ध बनाएको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology