Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कार्यवाहक वडाध्यक्षको घरमा प्रेमिका मृतावस्थामा भेटिइन्


3.9K
Shares

कार्यवाहक वडाध्यक्षको घरमा प्रेमिका मृतावस्थामा भेटिइन्

धनगढी २५, माघ । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका हत्याको आशंकामा प्रहरीले पक्राउ गरेको छ । प्रेमिका सञ्जिता चौधरी हत्या आशंकामा सोपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिनुभयो ।सञ्जिता चौधरी आइतबार बिहान वडा सदस्य चौधरीको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को विवाह गरेका थिए ।चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ ।

मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology