Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

समयमा खाना नबनाएको भन्दै श्रीमतीको हत्या


1.9K
Shares

समयमा खाना नबनाएको भन्दै श्रीमतीको हत्या

काठमाण्डौ २४, माघ । श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। कास्कीको इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले पर्वत जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई नियन्त्रणमा लिएको हो।

बिहीबार राती पनुले ४२ वर्षीय हरिमाया पुनलाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ। शुक्रवार बिहान प्रहरीले पुन सुत्ने कोठा शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा उनकै श्रीमानको संलग्नता भएको देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

खाना नबनाएको विषयमा झगडा हुँदा श्रीमतीको हत्या गरेको पुनले प्रहरीमा बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology