बागलुङ २४,माघ । बागलुङको बडीगाड गाउँपालिकाकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन पोखरा पुर्याइएको छ । ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए सुत्केरी गराउन लगिएको भएपनि अत्याधिक रक्तश्राव भएपछि पोखरा पठाइएको गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिनुभयो ।
बडीगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षीया शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी पोखरा पठाइएको जनाइएको छ । तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्धार गरिएको उहाँको भनाई छ ।