गोरखा २४, माघ । गोरखा सदरमुकाममा तिव्र गतिको दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् । गएराती सदरमुकाम स्थित हरमटारी चोकमा प्रदेश ३ –०२– ००४ प १७१० नम्बरको मोटरसाईकल र बा ९५ प २२४९ नम्बरको पल्सर मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परि गोरखा नगरपालिका ६ हरमटारीका आचिन रोका र उहाँसगै बसेका गोरखा नगरपालिका ७ बतासे बस्ने ३७ वर्षका हर्क बसेल तथा र दोलखा तामाकोसी गाउँपालिका ४ घर भई नापी कार्यालय गोरखामा कार्यरत अमिन विबेक भुषण दाहाल घाईते हुनुभएको छ ।
घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीको भनाई छ । घाइतेहरुको तत्काल उद्धार गरि गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको हो ।