काठमाडौं २३, माघ । नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक सहित दुई जना घुस सहित पक्राउ परेको छन् । निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुरलाई १५ हजार रुपैयाँ र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।