झापा २०, माघ । झापामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। आफ्नी २२ बर्षकी बुहारीमाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय ससुरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
पिडित महिलाले ससुराले बलात्कार गरेको भन्दै कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाले प्रहरीलाई बताए अनुसार उनले गएको बिहिबार राती बुहारीलाई बलात्कार गरेका थिए ।
पक्राउ परेका बिरुद्ध करणी मुद्दा दर्ता अघि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।