Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

उत्तरी गोरखाको साम्दोबाट ३४ बर्षिया मनोरोगी महिलाको उद्वार


2.2K
Shares

उत्तरी गोरखाको साम्दोबाट ३४ बर्षिया मनोरोगी महिलाको उद्वार

गोरखा २०, माघ ।उत्तरी गोरखाको साम्दोबाट ३४ बर्षिया एक मनोरोगी महिलाको उद्वार गरिएको छ ।मानव सेवा आश्रमले गोरखा प्रहरीको सहयोगमा उत्तरी गोरखाको अन्तिम गाउँ साम्दोबाट उत्त महिलाको उद्वार गरिएको हो । आफुलाई जहाना बेगम र घरको ठेगाना स्यामपुर बताउने अन्दाजी ३४ बर्षकी महिलालाई गोरखा प्रहरीको सहयोगमा सदरमुकममा रहेको मानव सेवा आश्रमले उद्वार गरी उपचारको लागि मानव सेवा आश्रम चितवन पठाईएको गोरखा शाखाकी मुनाले जानकारी दिनुभयो ।

जहानालार्इ चुमनुब्री गाउँपालिका १ को साम्दोबाट प्रहरीको सहयोगमा आरुघाट सम्म ल्याईएको र आरुघाट प्रहरीले गोरखा सदरमुकाम सम्म ल्याएर मानव सेवा आश्रमलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो।

प्रष्ट संग नेपाली भाषा बुझन र बोल्न नसक्ने ति महिला उत्तरी गोरखाको साम्दो सम्म कसरी पुगिन भन्ने बिषय आफुहरुले अध्ययन गरी रहेको प्रहरी कार्यालयले जनाएको छ । उत्त गाउँ गोरखाको अन्तिम गाउँ हुनाका साथै त्यहाँ अहिले माईनस ५ डिग्री भन्दा बढी चिसो रहेको समेत कार्यालयले जानकारी दिएको छ ।

कसैले पनि एक छाक खाना र एकसरो नानाको अभावमा सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अभिभावक विहीन ,सडकआश्रित भइ भोकै र नाङ्गै कष्टपुर्ण जीवन विताउन नपर्ने अवस्थाको सृजना गर्न मानव सेवा आश्रमले सहयोग गर्ने भन्दै त्यस्ता मानिस कही कतै भेटिएको खण्डमा आश्रमलाई खबर गरिदिन समेत मानव सेवा आश्रम गोरखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology