गोरखा १९, माघ । गोरखामा किसानलाई बाँदर धपाउन गाउँपालिकाले नै बाँदर लखेट्ने यन्त्र बितरण गरेको छ । जिल्लको आरुघाट गाउँपालिकाले पहिलो पटक जिल्लामा बाँदर धपाउने यन्त्र बिरतण गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बिच पालिका भित्र १२० वटा यन्त्र बितरण गरेको जनाएको छ ।
गाउँपालिकाले पालिका भित्रका सवै वडामा कम्तीमा १२ वटा यन्त्र पुग्ने गरि बितरण गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो ।
उपकरणका लागि किसानहरुले १ हजार रुपैया तिरेको उहाँले बताउनुभयो । त्यस्तै ढुवानी मूल्यबाहेक १४ रुपैया प्रति यन्त्र गाउँपालिकाले अनुदान दिएको छ । यन्त्र ठुलो आवाजमा पड्काउँदा बाँदर धपाउन सजिलो हुने भन्दै किसान खुसी भएका छन् ।