Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अवैध कुखुरासहित दूई जना पक्राउ


1.7K
Shares

अवैध कुखुरासहित दूई जना पक्राउ

जनकपुर १८,माघ ।  भारतबाट चोरबाटो भएर नेपाल ल्याउँदै गरिएको अवैध बोइलर कुखुरा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करीको सूचना पाए लगत्तै सीमा प्रहरी चौकी लग्मा, जटहीबाट प्रहरी नायव निरीक्षक मनु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नगराईन नगरपालिका ६ लहरनीयाबाट २ ओटा मोटरसाइलकल सहित ८७ वटा बोईलर कुखुरा बरामद गरेको हो ।

प्रहरीका अनुसार कुखुरा ढुवानीमा प्रयोग भएको ज १० प ८३३३ नम्वरको नेपाली प्लेट र वि आर ३२ एफ ९५२६ नम्वरको २ ओटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।

तस्करीमा संलग्न नगराईन नगरपालिका–६ लग्मा बस्ने फर्मान साफी र भारतको मधुवनी ग्राम पञ्चायत हरलाखी–५ का २२ वर्षका भरत मण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा जनकपुरधाममा पठाइएको प्रहरी नायव निरीक्षक मणु श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology