Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आगलागीमा परी दुई जनाको मृत्यु


2.6K
Shares

आगलागीमा परी दुई जनाको मृत्यु

सोलुखुम्बु १७, माघ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका २ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology