Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा ४ दिनमा ७३४ जनाले लगाए कोरोना बिरुद्धको खोप


1.6K
Shares

गोरखा जिल्लामा ४ दिनमा ७३४ जनाले लगाए कोरोना बिरुद्धको खोप

गोरखा १७, माघ । गोरखामा जिल्लामा थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । यही माघ १५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको गोरखा जिल्लामा आज १३८ जना पुरुष र ५२ जना महिलाले कोरोना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

जस अन्र्तगत ९९ जना स्वास्थ्यकर्मी, ६४ महिला स्वास्थ्य स्वयमसेबिका २८ जना कार्यालय सहयोगी रहेको उहाँको भनाई छ । आज खोप लगाउनेहरुमा जिल्लाको सिरानचोक गाउँपालिका ४६ जना, धार्चे गाउँपालिकाका ७ जना, चुमनुव्री गाउँपालिकाका ३ जना, अजिरकोट गाउँपालिका १९ जना रहेका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिका १ जना, आरुघाट गाउँपालिकाका ४० जना, गण्डकी गाउँपालिका भित्रका २८ जना र गोरखा नगरपालिकाका २३ जनाले पनि कोरना बिरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ७३४ पुगेको छ ।

गोरखा जिल्लामा हिजो सवैभन्दा धेरै २६९ जनाले एकैदिन कोरोना बिरुद्धको खोप लगाएका थिए । जिल्लामा कोरोना खोप लगाउनेहरुमा जटिल समस्या नदेखिएको भएपनि धेरैमा सामान्य ज्वरो आउने लगायत सामान्य समस्या भने पाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology